एमालेको अवरोधपछि राष्ट्रियसभाको आजको बैठक स्थगित

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधपछि शुक्रबारको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक आइतबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको हो ।
शुक्रबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए । सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् । उनले बोलिसकेपछि एमालेका सांसदहरूले उभिएर विरोध गरे । अध्यक्ष तिमिल्सिनाले बैठक अगाडि बढ्न दिन एमालेसँग आग्रह गरे, तर उसले मानेन ।
एमालेका सांसदहरू उभिइरहेपछि उनले बैठक नै स्थगित गरिदिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिँदासम्म संसद् चल्न नदिने एमालेको अडान छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया