कोशी प्रदेशका मुख्यमन्त्री थापासहित दुई मन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्द्व थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् । उनले दुई बिना विभागीय मन्त्रीसहित सरकार गठन गरेका हुन् । मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमल प्साद जवेगु र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उनीहरुको कार्यविभाजन बाँकी रहेकोले विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।
सरकारमा जाने नजाने विषयमा माओवादी केन्द्रले भने निर्णय गरेको छैन । सभामुखलाई सरकारको दाबी पेसमा संलग्न गराएको विषयमा माओवादीमा विवाद देखिएको छ ।
सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

प्रतिक्रिया