असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान

बेलबारी- असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।
‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरेको र जसको हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंह बताउँछन् । गत वर्ष मोरङमा ९९ प्रतिशत रोपाइँ भएको सिंहले दाबी गरे ।
मोरङमा धेरै मात्रामा रन्जीत धान, रामधान, विवी एघार, स्वार्णलगायत धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । गत वर्ष मोरङमा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जसमा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । रासस

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया