बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ

धनगढी- डडेल्धुरामा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् । आलितालबाट बाल यौन दुर्व्यवहार गरेको आरोपमा विक्रमबहादुर विष्ट पक्राउ परेका हुन् । 

आलिताल गाउँपालिका वडा नम्बर ६ रन्तोलाका २६ वर्षीय विष्टलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनी विवाहित पुरुष हुन् । उनले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनले बुधबार अपरान्ह बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो ।

घटनामाथि थप अनुसन्धान जारी रहेको डडेल्धुरा प्रहरीले बताएको छ ।