सल्यान दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

सुर्खेत- सल्यानमा गुडिरहेको बसमा विद्युतको करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गम्भीर घाइते बस धनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ओलीको दाङ तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।
यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।
बिहीबार बिहान १०:३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सपोर्टका लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको थियो । बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेका छन् ।
सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया