बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

लाकोजूकाे 'घाम फुल्ने याम' सार्वजनिक

काभ्रे : साहित्यकार सूर्यप्रसाद लाकोजूकाे 'घाम फुल्ने याम' कवितासंग्रह प्रकाशन भएको छ । काेभिड-१९ महामारीकाे कारण भर्चुअल माध्यमबाटै कृतिकाे सार्वजनिक गरिएको लाकाेजूले जनाएका छन् । गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजूको यस कवितासंग्रहमा ५८ ओटा कविता छन् ।  

साहित्य सिर्जना मात्र होइन अनुसन्धान तथा साहित्यिक पत्रकारितामा सक्रिय लाकाेजू पछिल्लो समयमा कविता लेखनमा केन्द्रित छन् । उनका कवितामा देशभक्ति, राजनैतिक विकृति, मानविय प्रवृत्ति, मायाप्रेम तथा समसामयिक विषयवस्तु समेटिएकाे पाइन्छ। ​

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका 'भावनाका फूलहरू', 'फूलहरुको मेला', 'पर्श', 'मेरो मन मेरो मीत', 'पनौती', 'पनौतीको बाह्वर्षे मकरमेला', 'स्मृतिका आलेखहरु प्रेरणाको चौतारी', 'गुराँस फुल्ने मन', 'कोपिला', 'केही काभ्रेली अक्षरकर्मीहरु', 'घामको चुम्वन', 'अक्षरका स्वरहरु', 'सुसेली' , 'यःमरी', 'घाम उदायो', 'शाश्वत स्वरहरू', 'मेरो घाम', 'फूलैफूल', 'साथी', 'मेरो सानो घर', 'आसामको स्पर्श', 'दिवाकरका चुम्वन' गरी करीब दुई दर्जन कृतिहरू प्रकाशित छन् ।