सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेका छन् ।
घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया