करिब चार महिना टेस्ट क्रिकेट नखेलेका विलियमसन वरीयताको शीर्ष स्थानमा

काठमाडौँ- करिब चार महिनादेखि टेस्ट क्रिकेट नखेलेका न्यूजिल्याण्डका केन विलियमसन आईसीसीअन्तर्गतको टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार विलियमसन वरीयतामा एक स्थान माथि उक्लिएका हुन् ।
८८३ अंकसहित शीर्ष स्थानमा उक्लिएका विलियमसनको दोस्रो स्थानमा रहेका अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ भन्दा १ अंक मात्र बढी छ । स्मिथ पनि चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
पछिल्लो वरीयतामा शीर्ष स्थानमा रहेका इंग्ल्यान्डका ब्याट्सम्यान जो रूट भने चार स्थान तल झर्दै पाचौँ स्थानमा पुगेका छन् । पाकिस्तानका बाबर आजम एक स्थान तल झर्दै छैटौँ स्थानमा पुगेका छन् ।
टेस्ट क्रिकेट वरीयताको दशमध्ये बाँकी ६ स्थानमा कुनै परिवर्तन भएको छैन ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया