इंग्ल्यान्डका उप-कप्तान पोप एशेज सिरिजबाट बाहिर

काठमाडौँ- इंग्ल्यान्डको टेस्ट क्रिकेट टिमका उप-कप्तान ओली पोप एशेज टेस्ट सिरिजको बाँकी खेल गुमाउने भएका छन् ।
लर्ड्समा भएको दोस्रो टेस्टमा फिल्डिङ गर्ने क्रममा पोपलाई चोट लागेको थियो । दाहिने काँधमा चोट लागेका कारण उनी सिरिजबाट बाहिरिएको क्रिकइन्फोले जनाएको छ ।
इंग्ल्यान्ड क्रिकेट बोर्डका अनुसार शल्यक्रिया गर्नुपर्ने भएका कारण पोपले सिरिजको बाँकी ३ खेल गुमाउने छन् । काँधमा चोट लागेपनि दोस्रो टेस्टमा इंग्ल्यान्डको लागि पहिलो र दोस्रो इनिङ्स दुवैमा उनी ब्याटिङ गर्न आएका थिए ।
पोप सिरिजबाट बाहिरिए पनि इंग्ल्यान्डले कुनै पनि अतिरिक्त ब्याट्सम्यान टोलीमा नबोलाउने निर्णय गरेको छ।
जारि एशेज सिरिजको दोस्रो खेलमा पनि हार बेहोरेपछि इंग्ल्यान्ड ५ खेलको सिरिजमा २-० ले पछि परिसकेको छ । एशेज सिरिजको तेस्रो खेल भोलि (बिहीबार) बाट सुरु हुँदैछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया