गोसाइकुण्ड १ वडाअध्यक्षले सवारी पास खोसेपछि ट्रक महासंघले भन्यो- रसुवा नाकाबाट सहजै चीनतर्फ जान पाउनुपर्छ

काठमाडौँ- नेपाल ट्रक व्यवसायी महासंघले विना अवरोध रसुवा नाकाबाट चीनतर्फ जान पाउनुपर्ने माग गरेका छन् । व्यवसायीले गृह मन्त्रालयलाई पत्र लेखि जिल्ला प्रशासन कार्यालय रसुवा, अध्यागमन कार्यालय र जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फ जानलाई सहजीकरण गरिदिन माग गरेका हुन् ।
जिल्ला बाहिरका चालक, सहचालक र मजदुरलाई रसुवा नाका हुँदै चीन तर्फ जानेलाई अध्यागमन विभागले पास उपलब्ध गराउँदै आएको छ । सोही पासको आधारमा मजदुरहरूले चीनतर्फ जान पाउने गरेका छन् ।
केही दिनअघि गोसाइकुण्ड गाउँपालिका १ का अध्यक्ष उर्गेन तामाङले अभ्रद व्यवहार गर्दै ३० जना मजदुरको पास खोसिदिएका थिए । यतिखेर विभिन्न जिल्लाबाट पुगेका मजदुरहरू अलपत्र परेको पत्रमा बताइएको छ ।
सो विषयमा सम्बन्धित निकाय तथा स्थानीय प्रशासन उजुरी गर्दा कुनै चासो नदिएकाले समस्यामा परिएको व्यवसायीले गुनासो गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया