आयरल्यान्ड विश्वकपमा नपुगेपछि बालबिर्नीले दिए कप्तान पदबाट राजीनामा

काठमाडौँ- आयरल्यान्डका कप्तान एन्ड्रयू बालबिर्नीले एकदिवसीय तथा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिएका छन् ।
क्रिकेट आयरल्यान्डले जनाएअनुसार ३२ वर्षीय बालबिर्नीले कप्तान पदबाट राजीनामा दिएको जनाएको छ ।
सन् २०१९ मा कप्तानी नियुक्त भएयता बालबिर्नीले आयरल्यान्डका लागि समग्रमा ८९ खेलमा कप्तानी गरेका छन् । उनले ४ टेस्ट, ३३ एकदिवसीय र ५२ टी-ट्वान्टीमा कप्तानी गरेका छन् ।
जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपाललाई २ विकेटले पराजित गरेसँगै उनले पदबाट राजीनामा दिएको टिमलाई जानकारी गराएका थिए ।
आयरल्यान्ड भने भारतमा यसै वर्ष आयोजना हुने विश्वकपमा छनोट हुन सकेन ।
उनको स्थानमा पल स्टिरिलिङलाई अन्तरिम कप्तान नियुक्त गरिएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया