एनएमबि बैंकको सातै दिन भाइबर, फेसबुक र बैंकको ई–एपबाट खाता खोल्न सकिने

काठमाडौं । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । ग्राहकहरुले सातै दिन २४ अै घण्टा दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ ।
बचत खाता एनएमबिको सोसियल अनबोर्डिङ अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैँया सम्म हुने व्यवस्था गरिएको एनएमबी बैंकले जनाएको छ ।
ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट पाँच सय रुपैँयासम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेशा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराइएको छ ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न २४ अै घण्टा बचत खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया