न्यायालयको शुद्धीकरणका लागि कानुन व्यवसायीकाे मंगलबार पनि प्रदर्शन

काठमाडौँ- कानुन व्यवसायीहरूले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् । ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले मंगलबार पनि आन्दोलनलाई कायमै राखेका हुन् ।
नेपाल बार एशोसिएसन परिसरमा उनीहरूले प्रदर्शन गर्दै उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । उनीहरूले न्यायभित्रको भ्रष्टाचार, विकृति , विसंगति अन्त्य गर्नुपर्ने, अधिवक्ता अमिर लामिछाने विरुद्ध दायर सम्पूर्ण मुद्दाहरू अविलम्ब फिर्ता गर्नुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।
ललितपुर बारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरे पनि अदालत प्रशासनले सिसिटिभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो । नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानुन व्यवसायीहरूको आरोप छ ।
यता ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरू भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत आएका छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया