अर्घाखाँची पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

बुटवल । पहिरोले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हाे ।
बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए । 'मुचुल्का तयार गर्नका लागि स्वास्थ्य चाैकी लैजाँदै छाैं' उनले इकागजसँग भने,'तर हामीले मृत्यु भएकाे भनेर पुष्टि गर्न मिल्दैन स्वास्थ्य चाैकीले गर्नेछ ।' घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । घटनाकाे नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन । उनले जिल्लामा भारी वर्षा भएकाे र केही प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खबर गर्न अनुराेध गरेका छन ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया