विज्ञापनसहित विदेशी च्यानल प्रसारण गर्ने केबल अप्रेटरलाई कारबाही गर्ने चेतावनी

काठमाडौं : विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनसहित प्रसारण गरेर क्लीनफिडको अवज्ञा गरेको भन्दै केबल अप्रेटरहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञापन (नियमन) गर्ने ऐन २०७६ को व्यवस्थाविपरित कतिपय अप्रेटरहरूले अवज्ञा गरेको बोर्डले जानकारी दिएको छ ।
एमएसओ, एलसिओ, आइपिटिभी, डिटिएच, आएसपीलगायत अन्य माध्यमबाट पनि विज्ञापनसहित विदेशी च्यानल प्रसारण भएको उजुरी आएपछि बोर्डले यस्तो चेतावनी दिएको हो । उसले भनेको छ, 'बोर्डले त्यस्ता प्रसारकहरूको अनुगमन गरिरहेको छ । कानुनी व्यवस्था विपरित प्रसारण नगर्न नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराइएको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।'

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया