वाग्मती प्रदेशमा कोभिड-१९बाट ६३१ जनाको मृत्यु

काठमाडौं : कोभिड-१९ सङ्क्रमणबाट हेटाैँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ । प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ ।
कोभिडको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ । यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ । रासस

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया