अस्पताल जाने संक्रमितका लागि गगन थापाको निःशुल्क यातायात अभियान

काठमाडौँ : कोभिड १९ संक्रमण भएर घरमै बसेका संक्रमितलाई अस्पताल जान कांग्रेस सांसद गगन थापाले निःशुल्क यातायात अभियान सुरु गरेका छन् । काठमाडौँ क्षेत्र नं. ४ को नेतृत्वमा बुधबारदेखि अस्पताल जाने संक्रमितका लागि निःशुल्क यातायात सुरु गरिएको सांसद थापाले बताएका छन् ।
ट्वीटरमा यसबारे जानकारी दिँदै उनले निषेधाज्ञामा अरु यातायातका साधन नहुने भएकाले अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सुरु गरेको बताएका छन् । घरबाट अस्पताल, आइसोलेशनमा जानका लागि निःशुल्क गाडी चढेर जान सकिने पनि उनले बताएका छन् ।
यसका लागि काठमाडौँ महानगरपालिकाका तर्फबाट ९८५१०९६३०३, बुढानिलकण्ठ नगरपालिकाका तर्फबाट ९८५१०६५२५६ मा सम्पर्क गर्न सांसद थापाले नम्बर उपलब्ध गराएका छन् । यस्तै हटलाइनका लागि ९८६०३४०५८७ मा पनि फोन वा एसएमएस गर्न सकिने सांसद थापाले बताएका छन् ।
घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
— Gagan Thapa (@thapagk) May 19, 2021
सम्पर्क:कामनपा तर्फ:9851096303
बुनपा तर्फ:9851065256/9851072129
वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला। pic.twitter.com/G8xhpqVXH7

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया