दाउन्नेमा बस दुर्घटना : चार जनाको मृत्यु, ४० बढी घाइते

बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा यात्रुबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज बिहान बस दुर्घटना भएको हो ।
काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुबाहक बस दाउन्नेको खुर्सानी खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर विकले इकागजलाई बताए ।
चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्य रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेको उद्धार गरी चिसापानी अस्पताल बर्दघाटमा ल्याइएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया