काठमाडौँका विद्यालयको छात्रवृत्ति छनौट परीक्षा महानगरपालिका आफैले गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षा महानगरपालिका आफैले लिने भएको छ ।
महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।
मेयर बालेन्द्र शाहका अनुसार सो परिक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।
‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिका आफैँले सञ्चालन गर्नेछ,’ उनले भने ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया