रुपन्देहीमा सात जना कोभिड संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा आज रातभरीमा सात जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पत्रकारको उपचारकै क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षीया महिलाको मंगरबार साँझ ४:२० बजे, बैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगरबार साँझ ७:१० बजे, बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षीय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३:१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् ।
उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राती १२:४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षीय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षीय पुरुषको मध्यराति १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया