अमेरिकी राष्ट्रपति बाइडनले युरोपमा कूटनीतिक भ्रमण गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडनले यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको ह्वाइट हाउसले आइतबार जनाएको छ । उहाँले बेलायत र फिनल्यान्डमा हुने बैठकका लागि युरोपको कूटनीतिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
बेलायती राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग ‘भेटवार्ता’का लागि राष्ट्रपति बाइडन जुलाई ९ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि उहाँ भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ र अन्त्यमा अमेरिका–नर्डिक लिडर्स शिखर सम्मेलनका लागि हेलसिन्की जानुहुनेछ ।
पश्चिमी राष्ट्रहरूको सहयोगमा पूर्वी युरोपेली मुलुक युक्रेनले रुसी आक्रमणविरुद्ध लडिरहेको अवस्थामा युक्रेनको सदस्यता प्रक्रियालाई आगामी शिखर सम्मेलनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गठबन्धन लगभग एकमत भएको अमेरिकाले जनाएको छ ।
ह्वाइट हाउसले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्चर्सनलाई वासिङ्टनमा स्वागत गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले भिल्नियसमा हुने वार्ताअघि स्टकहोम नेटो गठबन्धनमा सामेल हुने बताएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको तीन महिनापछि स्वीडेनले मे २०२२ मा नेटोमा सामेल हुन आग्रह गरेको थियो तर ३१ वटै सदस्य राष्ट्रले अनुमोदन गर्नुपर्ने यसको सदस्यता प्रयासलाई टर्की र हंगेरीले रोकेका छन् ।
क्रिस्टर्सनको ह्वाइट हाउस भ्रमणको भोलिपल्ट बिहीबार टर्की र स्वीडेनका उच्च कूटनीतिज्ञहरूले ब्रसेल्सस्थित नेटो मुख्यालयमा स्टकहोमको गठबन्धनमा सामेल हुने प्रयासबारे छलफल गर्नेछन् ।
टर्कीले स्वीडेनको नर्डिक छिमेकी फिनल्यान्डलाई यस वर्षको सुरुमा सामेल गरेकोमा आपत्ति जनाएको थियो र अप्रिलमा हेलसिंकी नेटोको सदस्य बनेको थियो । (सिन्ह्वा)

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया