शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसका लागि जनचेतना बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरूकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसका लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ । किसान उद्यमीहरूको पहुँच पुगिरहेको छैन । शिक्षामा ध्यान दिनुपर्छ । कारबाही मात्र समाजलाई सुधार्ने सूचकांक होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ ।’

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए ।