सरकारले संसद्लाई गुमराहमा राखेर विधेयक पास गर्न खोज्याे : पदम गिरी

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकको छलफलमा भाग लिँदै गिरीले मिटरब्याज पीडितलाई न्याय दिनका लागि नभएर झुक्याउनका लागि संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न खोजिएको आरोप लगाएका हुन् । उनले सदनको अधिवेशनको सुरुमै पेस भएको अध्यादेश असार ११ गते राष्ट्रिय सभाबाट हतार हतार पारित गरिएको भन्दै अहिले प्रतिनिधिसभाको छलफलका क्रममा कुनै डकुमेन्ट पनि प्राप्त हुन नसकेको जिकिर गरे ।
उनले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेकाले पीडितहरूलाई न्याय हुने गरी कानुन बन्नुपर्ने धारणा राखे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया