सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

एसएसपी सरुवा : परिसरमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य

काठमाडौं :  गृह मन्त्रालयले एसएसपीहरुको सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर टेकुमा एसएसपी अशोक सिंह सरुवा भएका छन् ।

त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको छ । हाल काठमाडौ‌ं प्रहरी प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई छन् ।