बागमती प्रदेश सभा बैठक बस्दै, बजेटमाथिको छलफलमा सहमति हुनेमा अझै आशंका

हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।
सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट विभेदकारी छ ।
तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद्ध रहेकाे देखिएकाे छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया