संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित

काठमाडौं - संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज भएको ८औं अधिवेशनमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।
महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् । उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए । यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए ।
सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए । फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया