हेटाैंडाकाे सडक २५ मिटर विस्तार गर्न नगर सभाबाट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको शनिबार १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक वर्ष कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको हो।
असार २ गते १३ औं नगरसभाको पहिलाे बैठकमा उममेयर राजेश बानियाँले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुल २ अर्ब ६० करोड रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरिएको थियो । प्रदेश सरकारकाे बजेट असार १ गते सार्वजनिक भएकाे तर स्थानीय तहकाे अनुदानकाे रकम प्राप्त नभएकाे अवस्थामा हेटौडाले असार २ गते २ अर्ब ६० कराेड बजेट सभामा प्रस्तुत गरेकाे थियाे ।
प्रदेशबाट प्राप्त अनुदानकाे रकम थप भए पछि नगर सभाकाे पहिलाे बैठकमा पेश भएकाे बजेटकाे आकार ८ कराेड बढेकाे हाे । यसैगरी शनिबारकाे नगरसभाकाे दाेस्राे बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेकाे छ ।
नगर सभमा २५ मिटर सडक विस्तार पारित
हेटौँडा उपमहानगर क्षेत्र भएर गएकाे राष्ट्रिय राजमार्गकाे विस्तार २५ मिटर अभियानमा उपमहानगरकाे नगर सभाले सर्वसम्मत निर्णय गरेकाे छ । यससँगै विगत केही बर्ष देखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा स्थानीय सरकारको साथ रहकाे भएकाे छ ।
हेटौँडा उपमहानगरपालिकाकाे क्षेत्र भएर राष्ट्रिय राजमार्ग पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथले राजधानी तथा अन्य मुख्य शहरलाई जाेडछ । उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य गर्न सर्वसम्मत निर्णय गरेको उपमहानगरका प्रवक्त एवम् हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले बताए । उनले सडक विस्तार पछि उत्पन्न हुने समस्या र व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि उपमहानगरले सम्बन्धित निकायलाई पहल र समन्वय गर्ने जानकारी दिए ।
डिभिजन सडक कार्यालयले हेटौंडाले असार १० गते हेटौँडा बजार क्षेत्रमा सडकको २५ मिटर भित्र पर्ने घरटहार र संरचना हटाउन ३५ दिने सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी सकेकाे छ । हेटौडाकाे सडक विस्तार अभियान २०७४ सालमा सुरु भएकोमा अदालतको अन्तरिम आदेशका कारण रोकिएको थियो । यस अघी हेटाैडाकाे सडक विस्तार अभियान राजनैतिक दलहरुले निर्वाचनकाे समयमा प्रयाेग गर्ने गरेका थिए ।

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया