बाइडनले ब्युँताए कर विवरण सार्वजनिक गर्ने चलन

वासिङ्टन : अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडनले पुनः शुरू गरेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उहाँको विरोध गरेका थिए ।
राष्ट्रपति बाइडनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताएँका छन् ।
गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडन र प्रथम महिला डा. जिल बाइडनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उहाँहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।
बाइडनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उनीहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।
त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गरेका छन् । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ । (एएफपी)

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया