बङ्गलादेशमा नयाँ प्रकारको कोभिड सङ्क्रमणबाट पहिलो मृत्यु

ढाका : बङ्गलादेशले कोभिड-१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ ।
सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।
बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोरोनाभाइरसका दुई घटनाहरू पत्ता लागेका थिए ।
भारतमा कोभिड-१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो ।
बङ्गलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड-१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड-१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइँदैछ थप ८०० ब्लास्टिक मिसाइल

टर्कीका राष्ट्रपतिको अपिल- कम्तिमा तीन सन्तान जन्माउनुहोस्

प्रतिक्रिया