विश्वकप छनोटः स्कटल्यान्ड र वेस्ट इन्डिज भिड्दै

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आज सुपर सिक्सको एक खेल हुँदैछ । सुपर सिक्सअन्तर्गत वेस्ट इन्डिजले स्कटल्यान्डको सामना गर्दैछ ।
हरारे स्पोर्ट्स क्लबमा हुने स्कटल्यान्ड र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
वेस्ट इन्डिज समूह ‘ए’ मा तेस्रो भएर सुपर सिक्समा पुगेको हो भने स्कटल्यान्ड समूह ‘बी’ मा दोस्रो भएको थियो । स्कटल्यान्डलाई २ अंकको फाइदा समेत पुगेको छ ।
आजको खेलमा जित हात पारे वेस्ट इन्डिजको विश्वकप खेल्ने सम्भावना गणितीय रुपमा कायमै रहनेछ । यता स्कटल्यान्डलाई पनि विश्वकपको सम्भावना कायमै राख्न वेस्ट इन्डिजलाई पराजित गर्नुपर्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया