लायन्स क्लब इन्द्र अन्नपूर्ण योगाले चन्द्रागिरिलाई स्वास्थ्य सामग्री सहयोग गर्यो

काठमाडौँ : लायन्स क्लब इन्द्र अन्नपूर्ण योगाले चन्द्रागिरी नगरपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । नगरपालिकाले ७० बेडको आइसोलेसन सञ्चालन गरेको छ ।
क्लबले तीन हजार ग्लोव्स, तीन हजार मास्क, ३० वटा पिपिई, पाँच वटा ओक्सिमिटर, १ हजार फेस सिल्ड, २५ लिटर ह्यान्ड स्न्यानिटाइजर, सय वटा हेड क्याप, दश वटा बुट लगायत अन्य स्वास्थ सामग्री नगरपालिका प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा पुर्ब आइजीपी सर्वेन्द्र खनाल, प्याव्सनका पूर्वअध्यक्ष अध्यक्ष कर्णबहादुर शाही पर्यटन एसोसिएसनका अध्यक्ष रामहरी शर्मा, ठमेल पर्यटनका अध्यक्ष भवेश्वर शर्मा, लाइन्स क्लब ओफ इन्द्र अन्नपूर्ण योगाका प्रेसिडेन्ट दिपक महर्जन, फर्स्ट भाइस प्रेसिडेन्ट विशम्वर मैनाली र तेस्रो भाइस प्रेसिडेन्ट इन्द्र बाहदुर नेउपाने, वडा अध्यक्ष दुर्गालाल महर्जन, प्रकाश श्रेष्ठ, कृष्णबहादुर शाहीलगायतको उपस्थिति थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया