युवा वर्ष खेलाडीको अवार्ड हेमन्त धामीले पाए

कैलाली- चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको युवा वर्ष खेलाडीको अवार्ड हेमन्त धामीले पाएका छन् । निसर्ग अस्पताल वर्ष खेलाडी अवार्ड पाएका धामी क्रिकेट खेलाडी हुन् ।
उनले युएईमा सम्पन्न यु १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए । वर्ष प्रशिक्षक पनि क्रिकेट प्रशिक्षक जगत टमट्टाले पाएका हुन् । उनले नेपाली यु १९ टिमलाई ८ वर्षपछि विश्वकप छनोट गराएका थिए ।
त्यसका साथै राष्ट्रिय पुरुष तथा महिला टिमको मुख्य प्रशिक्षकको पनि भूमिका निर्वाह गरिसकेका छन् । युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका हेमन्तसँगै भरत्तोलनका हेमन्त पाल र क्रिकेटका अनु कडायत क्रिकेट मनोनयनमा परेका थिए । वर्ष प्रशिक्षकमा क्रिकेटका जगतसँगै भरत्तोलनका जीवन गौतम र कुस्तीका राजेन्द्र चन्द परेका थिए ।
अवार्ड पाएकाहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनामा हुन लागेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

प्रतिक्रिया