सुदूरपश्चिम आइकन महिला विधाको अवार्ड दिपा रोकायालाई

कैलाली- चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन महिला विधाको अवार्ड दिपा रोकायाले हात पारेकी छन् । पुरुष तर्फ फेन्सिङका जलेन्द्र शाहीले अवार्ड पाएका हुन् ।
न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिलामा आइकन अवार्ड पाउने रोकाया फुटबल खेलाडी हुन् भने माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष विधामाका विजेता शाही फेन्सिङका खेलाडी हुन् ।
कुस्तीकी मनीषा सिंह र क्रिकेटकी कविता कुँवर पनि महिलामा आइकन अवार्डको मनोनयनमा परेकी छिन् । पुरुष तर्फ भने कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका थिए ।
सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनामा हुन लागेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया