अर्को सरकार नबनुन्जेल मुख्यमन्त्री तोकिए कार्की

विराटनगर- प्रदेश सभाबाट विश्वासको मत प्राप्त नसकेपछि पदमुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अर्को सरकार नबनुन्जेलसम्मका लागि कार्यसञ्चालन गर्ने गरी मुख्यमन्त्री तोकिएका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९/९/२४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेकोले अर्को मन्त्रिपरिषद् गठन नहुन्जेल यही मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी तोकेका हुन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार कोशी प्रदेश सभामा आफूलाई विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि पदमुक्त भएका छन् । प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक रहेको थियो । मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभामा विश्वासको मत मागेका थिए ।
प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा भनिएको छ, 'मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८०/३/१४ मा कोशी प्रदेश सभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम मिति २०८० / ३ / १५ मा पारित हुन नसकेको भन्ने समेतको ब्यहोरा कोशी प्रदेश सभाका माननीय सभामुखज्युको मिति २०८०/३/१५ को पत्र प्राप्त हुन आएकोले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ ।'

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया