२४ घण्टादेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड अझै खुलेन

काठमाडौँ- २४ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । बिहीबार दिउँसो १ बजेदेखि चितवनको ईच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलमा ठूलाठुला ढुङ्गासहितको बिहीबार दिँउसो १ बजेबाट खसेको सुख्खा पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो ।
सडकखण्डमा २ वटा डोजर र २ वटा लोडरबाट केही समय अगाडिदेखि पहिरो पन्छाउने काम सुरु गरिएता पनि पहिरो नरोकिएका कारण समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक राज कुमार थापाले बताए ।
नारायणगढ-मुग्लिन सडकखण्डमा प्रयोग गरी देशका बिभिन्न स्थान तर्फ जाने सवारी साधनहरू हिजो दिउँसैबाट रामनगर, कृष्ण नगर, दासढुङगा, जुगेडी, कुरिनटार, मुग्लिङ, धादिङ, आसपासमै रोकिएका छन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया