स्यानिटाइजरमा 'विषाक्त रसायन' भेटियो, पाँच कम्पनीलाई प्रतिबन्ध

काठमाडौं : औषधि व्यवस्था विभागले पाँच कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्यानिटाइजरमा स्वास्थ्यमा हानी पुर्याउने मेथानोल भेटिएकाले बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।
‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धि स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।
प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । त्यस्तै, बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान पनि निर्देशन दिइएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया