शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले पेस गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । गत जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमार्फत अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट पेस गरेका थिए । 

बजेटको पक्षमा १ सय ४७ सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ८ सांसदले मतदान गरेका थिए । 

बुधबारको बैठकमा २ सय ५५ सांसदको उपस्थिति थियो । 

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयकलाई अब राष्ट्रियसभाले पनि पारित गर्नुपर्छ ।