शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विनियोजन विधेयक २०८० पारित भएको यकिन गर्न मत विभाजन गरिँदै

फाइल फोटो

काठमाडौं - विनियोजन विधेयक २०८० पारित भएको यकिन गर्न प्रतिनिधिसभा बैठकमा मत विभाजन गरिँदै छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरे । तर, एमालेका सचेतक विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरूलाई लागेकाले मत विभाजन गर्न माग गरे । 

सभामुख देवराज घिमिरेले २८ जनामध्ये बढी सदस्यहरूले उठेर मत विभाजनको माग गरिएकाले सोही अनुसार हुने जानकारी दिए । अहिले मत विभाजनका लागि प्रक्रिया चलिरहेको छ । 

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाश शरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो ।