जापानले नेपालका २३ अस्पताललाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ : जापानले नेपालका २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम हस्तान्तरण गरेको छ । २५ अस्पताललाई सहयोग गर्ने योजनाअनुसार हस्तान्तरण गरेको हो । बाँकी सिस्टम मंगलबार र बुधबार सञ्चालनमा ल्याउने नेपालका लागि जापानको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जापानी राजदूत किकुता युताकाले भने, 'अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज छन् । यसले कोभिड-१९ बिरामीको उपचारमा सहयोग पुर्याउनेछ ।'
गत जनवरी २७ मा जापानले २५ अस्पतालहरूलाई ब्लड ग्यास एनलाइजर अनुदानमा प्रदान गरेको थियो । जापानले आउँदो महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र छ एम्बुलेन्स अनुदानमा दिने तयारी गरेको छ । यी कन्सन्ट्रेटरले बिरामी सिलिन्डरबिनै अक्सिजन दिन सकिने उल्लेख छ । मुलुकका ५८ अस्पतालमा कन्सन्ट्रेटर उपलब्ध हुने उल्लेख छ ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया