बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

अमर विष्टको करेन्ट लागेर मृत्यु

फाइल फोटो

महेन्द्रनगर - करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका - १ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । 

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।