शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

संसदमा प्रधानमन्त्रीको संशय : कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा कमजोर भइरहेको छैन ?

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान छ भन्दै टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त भइरहेको छैन भन्दै प्रश्न गरेका छन् । 

‘सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ । हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन ?’ उनले भने, ‘जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले त महत्त्व पाइरहेका छैनन् ? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौँ ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?’