टेकुमा कोभिड संक्रमित : भुइँमै सुताएर उपचार
काठमाडौँ : उपत्यकामा कोभिड संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुइँमै सुताएर उपचार थालिएको छ ।
काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुइँमा राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउण्डमा उपचारको प्रबन्ध मिलाइएको छ ।
कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्टसमेत स्थापना गरिएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया