सुशासनको लडाईंमा सांसद र जनताले साथ दिनुहोस्, विकृतिको डंगुर भत्काएरै छाड्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजित बजेटमाथि उठेका प्रश्नको उत्तर दिने क्रममा दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानुन र लोकतन्त्रको सर्वोच्चता प्रमाणित गरेको बताए ।
दाहालले भने, ‘उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण सुरु भएको छ ।’
त्यस्तै, उनले ललिता निवास काण्डका अभियुक्त, मिटरब्याजी र सहकारीका ठगहरूमाथि पनि कारबाही सुरु भएको बताए ।
वर्षौँदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईंमा आफूलाई सांसद र जनताको अझ धेरै साथ आवश्यक रहेको बताउँदै उनले भने, ‘वेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काएरै छाडिनेछ ।’

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

प्रतिक्रिया