रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टबाटै ट्रयाकिङ गरौँ : प्रदीप पौडेल

काठमाडौँ–नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रोजगारीमा विदेश जाने नेपालीलाई सरकारले एयरपोर्टबाटै ट्रयाकिङ गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘कतिपय नेपालीको विदेशमा मृत्यु हुन्छ,’ उनले भने, ‘तर त्यसको जानकारी नेपाललाई वा उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको बर्षौँ पछि मात्रै थाहा हुन्छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपालीलाई एयरपोर्टदेखि नै ट्र्याकिङ गर्ने व्यवस्था गरियोस् ।’
उनले अगाडि थपे, ‘उ कहाँ गएको हो ? गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ गएर सम्झौता अनुसार उसले रोजगारी प्राप्त ग¥यो कि गरेन ? काम गर्ने सन्दर्भमा उ बिरामी भयो कि ? अथवा कुनै दुर्घटनामा प¥र्यो कि ? कुनै विपतमा प¥यो कि ? त्यसको ट्र्याकिङ गर्ने व्यवस्था सरकारले गर्न जरुरी छ ।’
सरकारले विदेश गएका नेपालीको सन्दर्भमा परराष्ट्र मन्त्रालय, सम्बन्धित देशको दूतावास र श्रममन्त्रालयमा सबैतिर सहयोग गर्ने डेस्क निर्माण गर्न पनि उनले अनुरोध गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया