प्लेअफमा नेपालले यूएईविरुद्ध खेल्ने

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले सातौ स्थानका लागि हुने प्लेअफको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्ने भएको छ ।
नेपाल र यूएईबीचको खेल आइतबार टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल समूह ‘ए’ मा चौँथो तथा यूएई समूह ‘बी’ मा पाचौँ भएपछि एक-अर्काविरुद्ध खेल्ने भएका हुन् ।
समूह चरणमा नेपालले एक खेल जित्दा यूएईले चारवटै खेलमा पराजय भोगेको थियो । यता समूह ‘ए’ मा पाचौँ स्थानमा रहेको अमेरिकाले प्लेअफमा समूह ‘बी’ मा चौँथो भएको आयरल्यान्डविरुद्ध खेल्ने भएको छ ।
दुवै खेलका विजेताले सातौं स्थानका लागि खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया