विजेता खेलाडीलाई सम्मान

म्याग्दी- अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा रु एक लाख पाँच हजारसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा र प्रशिक्षक सुमन तिलिजा पुन तथा व्यवस्थापक बिसन राना रहेका छन् । उनलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गरेका हुन् ।
यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो । विजेता खेलाडीले रु एक लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए । रासस
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

प्रतिक्रिया