आफ्नो घर आफैँ भत्काउने घर धनीलाई धनगढी उपमहानगरकाे सम्मान

कैलाली- धनगढी उपमहानगरपालिकाले ४२८ जना घर धनीलाई सम्मान गरेको छ । मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैँ भत्काउने घर धनीलाई उपमहानगरले सम्मान गरेको हो ।
आफ्नो घर आफैँ भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको नगरप्रमुख गोपाल हमालले बताए ।
धनगढी उपमहानगरपालिका वडा न. १ कैलाली पुलदेखि धनगढी-८ हुलाकी सडक जिरो प्वाइन्टसम्मको संरचना हटाई सडक क्षेत्राधिकार भित्र रहेका संरचना स्व:स्फूर्त रूपमा हटाई सडक विस्तार अभियानमा सहयोग पुर्याएको भन्दै उपमहानगरपालिकाले सम्मान गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र वन वतावरण तथा उद्योग पर्यटन मन्त्री रमेश धामीले घरधनीहरूलाई सम्मान गरेका हुन् ।
सम्मानित घरधनीहरूले उपमहानगरपालिकाको 'हाम्रो धनगढी हामी बनाउछौँ' भन्ने अभियानलाई आत्मसात गर्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया