शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पैसा नभएकै कारण मल ल्याउन नसकिएको हो : कृषिमन्त्री भुसाल

काठमाडौँ– कृषि तथा पशुपन्क्षी मन्त्री बेदुराम भुसालले पैसा अभावका कारण मल ल्याउन नसकिएको स्पष्ट पारेका छन् ।

मंगलबार मन्त्रालयगत विनियोजित बजेट छलफलमा उठेको प्रश्नको उत्तर दिँदै यस्तो बताएका हुन् । 

‘मलको समस्या के हो भने पैसाको समस्या हो हाम्रो,’ उनले भने, ‘त्यसमा हामी प्रष्ट हुनुपर्छ । मल विदेशबाट किनेर ल्याउने हो । पैसा पहिल्यै भुक्तान गरेर ल्याउनुपर्छ । बजेट हुँदैन । बजेट नभएपछि सित्तैमा कसैले दिँदैन । बजेट नभएको कारणले हामीले मल किन्न नसकेका हौँ । किन्न नसकेका कारणले वितरण गर्न नसकेका हौँ  ।’