आश्वासनले मात्र पुगेन मन्त्रीज्यू : सांसद श्रेष्ठ

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले धेरै मुद्दा किनारा हुन बाँकी रहेको कुरालाई दर्साउँदै आश्वासनले मात्र नपुगेको बताएकी छिन् ।
मंगलबार सदनको दोस्रो बैठकमा प्रश्न गर्दै उनले कानुनी भनाई ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’को कुरा जोड्दै भनिन्,‘ मैले मन्त्रीज्यूहरूबाट आश्वासन भन्दा केही फरक आउला भनेकी थिएँ । ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । मैले सम्बोधन गर्दा भन्दा बढी मुद्दा किनारा लाउन बाँकी रहेछ ।'
उनले भनिन्, ‘कहिलेसम्म हो मन्त्रीज्यू ? छ महिनामा सक्नुहुन्छ कि, आठ महिनामा सक्नुहुन्छ कि ? एउटा टाइमलाइन चाहिन्छ यो सबैका लागि आश्वासनले मात्र पुगेन मन्त्रीज्यू ।’
सांसद श्रेष्ठले जनतालाई कानुन बुझाउनुपर्ने र त्यसका लागि पनि बजेट चाहिने बताएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया