यसरी बनाइन्छ जुजु धौ (फोटोफिचर)

काठमाडौं । असार १५ मा दही र चिउरा खाने प्रचलन छ । यो दिन दही धेरै खपत हुने भएकाले अहिले भक्तपुरवासी दही बनाउन व्यस्त छन् । उनीहरु प्रख्यात जुजु धौ बनाउन व्यस्त भएका हुन् ।
अहिले दैनिक बिहान ८ बजेदेखि बेलुकीसम्म दही बनाउने गर्छन् भक्तपुरवासी । यो समयमा दैनिक ४० लिटरदेखि ८ सय लिटरसम्मको दही बनाउने गरेको उनीहरु बताउँछन् ।
भक्तपुरवासीले जुजु धौ परम्परागत शैलीबाट बनाउने गरेका छन् । दही बनाउने ठाउँमा सुरुमा भुस राखिन्छ अनि दूधलाई बाक्लो हुने गरी उमालिन्छ । उम्लिएको दूधलाई भूसमाथि माटोको कतरामा लहरै राखिन्छ । यो कतरामा तीन चरणमा दह राख्ने गरिन्छ ।
पछि न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही हो । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो ।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया